हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती इन्द्रबहादुर बानियाँले राक्सिराङमा हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाको परिवारलाई सहयोग गरेका छन् । नेता बानियाँबाट मृतक बीरमाया प्रजा र आयुष मगरको परिवारलाई किरिया खर्चका लागि जनही १० हजार रुपैंया र शम्भु सुनार र मनिकलाल बलको उपचारका लागि जनही पाँच हजार रुपैंया सहयोग उपलव्ध गराएका हुन् ।त्यस क्षेत्रका सांसद समेत रहेका बानियाँबाट प्राप्त सहयोग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापती बिरेन्द्र जिम्बाले हस्तान्तरण गरेका छन् । त्यस्तै कांग्रेस राक्सिराङ गाउँपालिकाबाट पनि बीरमायाको परिवारलाई ६ हजार र आयुषको परिवारलाई १० हजार रुपैंया उपलव्ध गराईएको छ । जेठ १३ गते आएको हावाहुरीबाट रुख ढल्दा २ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।








