• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सहजरुपमा अनलाइन कक्षा सञ्चालन गर्दै नीजि विद्यालय

  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाईरसको कारण सरकारले गरेको लकडाउन कारण देशका सबै क्षेत्र प्राय ठप्प छन । देशका कृषि, स्वास्थ्य , वित्तिय संस्था बाहेक सबैजसो क्षेत्र बन्दाबन्दीमा छ । तर विद्यालयको नयांँ शैक्षिक क्षेत्र शुरु भएसंँगै जारी भएको लकडाउनका कारण विद्यालयहरुमा समेत प्रत्यक्ष कक्षामा गरिने पठनपाठन पनि बन्द छ । यसको विकल्पको रुपमा जिल्लाका केही नीजि तथा सामुदायिक विद्यालयले कक्षालाई निरन्तरता दिन अनलाईन कक्षाको अभ्यास गर्दै आएका छन । शुरुवाती क्षणमा केही अप्ठ्यारा तथा प्राविधिक कमजोरी भएपनि पछिल्लो समय यसको प्रभावकारीता बढेको र परिणाममुखी बन्दै गएको सरोकारवाला बताउंँछन । जिल्लाका अधिकांश नीजि विद्यालयले विद्यार्थीलाई अनलाइन कक्षामा अभ्यस्त गर्दै लगिएको बताएका छन । जिल्लामा सबैभन्दा पहिले अनलाईन क्लास शुरु गर्ने भरतपुर महानगरपालिका वडा नम्बर १२ का ग्रिनल्याण्ड पब्लिक स्कुलका प्रिन्सिपल इन्दिरा कार्की पछिल्लो समय अनलाईन कक्षाको प्रभावकारीता बढ्दै गएको बताउंँछिन । ‘शुरुमा त हामी आइटी फ्रेन्ड्ली पनि थिएनौ, विद्यार्थी अभिभावकलाई समेत बुझाउउन गाह्रो भयो ,उनले भनिन, अहिले सबै सन्तुष्ट हुनुहुन्छ ।’ उनका अनुसार हाल विद्यालयका १ हजार भन्दा बढी विद्यार्थीले अनलाईन कक्षा बाट लाभ उठाईरहेका छन । कोरोना महामारी पछि अनलाइन कक्षा नेपालको लागि विल्कुलै नयांँ अभ्यास भएको र अभ्यस्त हुन केही समय लाग्ने भएकोले केही समस्या हुदै आएको थियो । प्रिन्सिपल कार्कीले आफूहरुले प्रत्येक कक्षाका शिक्षकहरुलाई तीन दिनको अनलाईन कक्षा तालिम दिएर कक्षा दिन शुरु गरिएकाले अहिले सहज भएको बताइन । जिल्लामा हाल अहिले सबैजसो नीजि विद्यालयले अनलाइन कक्षाको अभ्यास गरिररहेका छन । अनलाइन कक्षाको आबश्यकता र प्रभावकारिता संँगै उनीहरुले विद्यार्थीहरुलाई विभिन्न पाठ्यक्रम ढांँचा, गृहकार्य लगायतका बिषयहरुमा अभ्यस्त गराउंँदै लगेका छन । जिल्लाकै उत्कृष्ट भरतपुर महानगरपालिका वडा नम्बर ३ को विद्यालय लिटल फ्लावर स्कुलमा समेत अनलाइन कक्षा प्रभावकारीता बढेको स्कुलका प्रिन्सिपल फादर रोवी बताउंँछन । ‘पहिले त यसलाई कसरी शुरु गर्ने अन्यौलमा थियौं, उनले भने पछि हामीले विद्यार्थी ,अभिभावकसंँग सहकार्य गरेर कक्षालाई सहज बनाउन सफल भयौं ।’ हाल उक्त स्कुलले विद्यार्थीलाई पहिल्यै पढाई हुने पाठ्यक्रमको सूचना, जानकारी अगावै इमेल मार्फत दिने, कक्षाका सबै पाठ्यपुस्तकहरु अनलाइनमै पढ्ने व्यवस्थाको साथै कक्षा लिइसकेपछि गृहकार्य दिने गरेको छ । स्कुलमा करीब २ हजार विद्यार्थीहरु भएपनि अनलाइन कक्षाको लागि १हजार ५सय भन्दा बढी विद्यार्थी हाजिर हुने गरेको उनले बताए । ‘स्कुलले सबैलाई समान अवसर दिएको छ, कतिपय स्थानमा प्राविधिक कारणले विद्यार्थीले क्लास मिस गर्न सक्छन ।’ रोवीले थपे । लकडाउनका कारण आफ्ना बालबालिकाहरुको पढाई अनिश्चित हुने चिन्ता भएपनि यसको शुरुवातसंँगै अहिले आफूलाई सन्तुष्ट मिलेको बताउंँछिन भरतपुर महानगरपालिका वडा नम्बर १२ की एक अभिभावक जानकी पाठक । ‘पहिलेत बच्चाहरुलाई कसरी पढाउने, कसरी जोड्ने, भन्ने अन्यौलता थियो, उनले भनिन, अहिले छोराछोरी आफैले डाइरेक्ट कनेक्ट गरेर कक्षा लिन सजिलै सकेका छन ।’ अघिल्ला बर्षमा स्कुलमै पुगेर छोराछोरीले पढ्ेजस्तै रे आफ्नै प्रत्यक्ष निगरानी पढाउन पाउंँदा सन्तुष्ट मिलेको बताइन । स्वास्थ्य सुरक्षाका कारण सबै विद्यालयहरुले अनलाइन कक्षा दिनु बाध्यता र आबश्यकता दुबै हो । यसले एकातिर विद्यार्थीलाई बढी सुचना मैत्री बनाउन मदत पुगेको छ त अर्कोकुरा समयको महत्व पनि बुझाएको छ । अनलाईन कक्षामा सैदान्तिक कक्षा लिन सम्भव भएपनि व्यहारिक कक्षा लिन भने कठिनाईनै छ । प्यावसन चितवनका सचिव मोहन लामा शुरुवाती क्षणमा अनलाईन कक्षा प्रति सरा्ेकारवाललो कम रुची र झन्झट मानेपनि अहिले अभिभावक, शिक्षक, विद्यार्थी सबै सन्तुष्ट र खुशी भएको बताउंँछन । ‘पहिले रुचीपनि कम थियो, अन्यौल पनि थियो , उनले भने, स्रोत सामाग्री व्यवस्थापन गर्न कठिनाई थियो तर अहिले कतैबाट यस बिषयमा कम्प्लेन छैन ।’ उनका अनुसार अभिभावक आफैले यसको आबश्यकता र महत्व बुझेर ग्याजेट र इन्टरनेट सुविधा लिने पनि बढ्दै गएका छन । जिल्लामा सामुदायिक विद्यालय र संस्थागत गरी ५सय १९ वटा विद्यालयहरु छन । जहांँ २ लाख १७ हजार ५ सय ७९ विद्यार्थीहरु अध्ययनरत छन । जिल्लामा प्याव्सनमा मात्र आबद्ध १सय ५७ विद्यालय आबद्ध छन । जिल्लामा ५० प्रतिशतको हाराहारीमा संस्थागत र सामुदायिक विद्यालयका बिद्यार्थीहरु रहेका छन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.