चितवन। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफु सभापतिको पदबाट उठ्ने प्रयत्नमा रहेको बताउनुभयो । आज (शनिबार) भरतपुर बिमानश्थलमा पत्रकारहरु कुराकानी गर्दै उहाँले नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनमा आफू कुनै पनि परिवेसमा पछाडि नहट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ” महाअधिबेशनमा संस्थापन इतरको साझा उम्मेदवर समय आए पछि बन्ने छु तर सभापति बाट पछाडि हट्ने छैन् । उहाँले जिल्लाहरुमा अधिबेशन चलि रहेको समयमा कार्यतालिका संसोधन गर्नु बाध्यता रहेको बताउनुभयो । उहाँले २१-२२ जिल्लामा चलिरहेको क्रियाशिलको बिबाद छिटै मिल्ने बताउनुभयो। उहाँले बिपक्षिको धर्म बिरोध गर्ने भए पनि हिजोको घटनाले संसदको गरिमामाथि आँच आउने काम गरेको बताउनुभयो । कम्युनिस्ट पाट्टिहरुले पावुकै भरमा दम्भ देखाउन खोजेको आरोप लगाउनुभयो । उहाँले जोड्नुभयो कम्युनिष्ट उत्सृङ्खल चरित्रका हुन् भन्ने हिजो संसदमा भएको घटनाले उदाहारण दिएको छ।
कुनै पनि परिवेशमा पछाडि हट्दीन : महामन्त्री कोइराला
कुनै पनि परिवेशमा पछाडि हट्दीन : महामन्त्री कोइराला
- अ
- अ
- अ








