[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
चितवन । चितवन ग्रीन लियो क्लब वर्ष २०२२ की तृतीय उपाध्यक्ष रुपा गुरुङले आफ्नो जन्मदिनको अवसरमा आज (आइतबार) बालिकाहरु लाई खाना खुवाउनु भएको छ ।
गुरुङले राम–जानकी बालिका आश्रम रहेका ४५ जना बालिकाहरु लाई भोजन गराउनु भएको छ । जन्मदिनमा बालिकाहरुलाई खाना खुवाउन पाउनु आफ्नो सौभाग्य भएको गुरुङले बताउनुभयो । उहाँले जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिकाको सेवा गर्न पाउँदा निकै नै खुसी लागेको बताउनुभयो ।बालिकाहरुलाई खाना खुवाउन पाएकोमा खुसी व्यक्त गर्दै अबको प्रत्येक वर्ष यसरी नै बालिकासँग जन्मदिनको खुसी साट्ने उहाँले बताउनुभयो।
कार्यक्रममा राम–जानकी बालिका आश्रमका मामाले बालिकाहरुलाई खान खुवाएर सामाजिक उत्तरदायित्वबोध गरेको भन्दै गुरुङलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्तो राम्रो कार्य गर्नका लागि धनमात्र नभएर मन पनि चाहिने भएकाले गुरुङको कार्यप्रतिको उदारताको प्रशंसा गर्नुभयो ।कार्यक्रममा चितवन ग्रीन लियो क्लवका अध्यक्ष सुवर्ण खरेल लगाएत लीयो सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य चितवन ग्रीन लियो क्लवका प्रथम उपाध्यक्ष हरि पौडेलले राख्नुभएको थियो भने सहजीकरण डेलिना गैरेले गर्नुभएको थियो।








