चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् । चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका छन् ।
जसमध्ये आईसीयूमा १८ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २० जना, सामान्य बेडमा १३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सात जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या ६७९ जना पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा ६३९ जना र अस्पतालको आइसोलेसनमा ३० जना रहेका छन् ।
यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा अहिलेसम्म ९५.६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु र २.८ प्रतिशत आइसोलेसनमा रहेका छन् ।








