• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन सकेनन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

    नेपालका लागि दुवै गोल डेब्यु खेलाडी प्रीति राई र सविता राना मगरले गरेका थिए । खेलको ९ मिनेटमा नेपालले पहिलो मौका बनायो । डिफेण्डर अमृता जैशीले अगाडि बढेर डी-बक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो । १०औँ मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बूले डी-बक्सबाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन् ।

    खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो । गोल किपर अन्जना रानाले डी-बक्सभित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन् । उनको प्रहारअघि नै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन् । खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डी-बक्सबाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन जना खेलाडी परिवर्तन गरेका छन् ।

    गोल किपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती- ११ मा स्थान बनाएका छन् । यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मञ्जलीकुमारी योन्जन र सविता राना मगरलाई मौका दिइएको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारीले रजिना थोकरलाई डेब्यु गराएका थिए । खेलको ८९ मिनेटमा रजनी प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

    दुई मैत्रीपूर्ण खेलमा ग्यारीले पाँच जनालाई डेब्यु गराएका हुन् । एएफसी महिला एसिया कप, २०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् । उज्वेकिस्तानमा हुने समूह ‘एफ’को खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ । नेपाली टिम त्यसतर्फ भोलि (सोमबार) प्रस्थान गर्नेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.