• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरमा ‘मोज्याक’ टायलको प्रयोग बढ्दो

  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो । भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ ।

    अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउनुहुन्छ । छ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उहाँको भनाइ छ । भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उहाँ बताउनुहुन्छ । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ ।

    यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ ।” चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।” हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनहरु ढुङ्गा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उहाँको भनाइ छ । निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जग्गदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उहाँले बताउनुभयो । नारायणगढको कृषि प्रवद्र्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ ।

    सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले रु दुई करोडभन्दा बढी लगानी गरेर एशिएन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।” यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उहाँ बताउनुहुन्छ । पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्याङ्क्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउनुहुन्छ । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उहाँले बताउनुभयो ।

    यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै रु १० करोडभन्दा बढीको मोज्याक टायल बिक्री गरेको बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाका सडक, सडकपेटी, मन्दिर, पार्टी प्यालेस, होटल परिसर, फनपार्क, बजार परिसर, अम्रेला स्ट्रिट, मदन भण्डारी पार्क गाँजीपुरलगायत ठाउँमा एशिएन कङक्रिटो प्रयोग भएको छ ।

    नारायणी नदी किनार, कृषि प्रवद्र्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रु १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउनुहुन्छ ।

    भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईवटा मात्रै रहेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उहाँले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताउनुभयो । गत वर्षमात्रै कम्पनीले रु ५० करोडभन्दा बढीको उत्पादन बिक्री गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.