काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५२४ र एन्टिजेन विधिबाट ४ हजार ३२० जनामा परिक्षण गर्दा १ हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।








