थारु चलचित्र तथा म्युजिक भिडियोमा निरन्तर नयाँ प्रयोग गरिरहेका निर्देशक हिरा चौधरीको निर्देशनमा अर्को एउटा महत्वाकांक्षी गीतिकथा ‘एकोहोरो माया’ सार्बजनिक भएको छ ।
यस गीतिकथामा देव महतो ,अरिन चौधरी ,नरेश चौधरी लगायतको थारु कलाकारहरुको अभिनय रहेको छ भने छायांकन निरज महतोले गरेका छन् ।
संजय चौधरीको शब्द ,संगीत, स्वर तथा कथा रहेको ‘एकोहोरो मायामा ‘ एउटा पृथक प्रयोग भएको हुदा दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाईरहेको कुरा निर्देशक हिराले थारु कम्न्युटिलाई बतावउनु भयो ।
थारु तथा नेपाली भासामा तयार भएको यस गीतिकथाका निर्माण लोकेन्द्र राज चौधरीले गरेका हुन्।थारु कलाकारुको बेजोड अभिनय रहेको गीतिकथा ‘एकोहोरो माया सेबिल युटुब च्यानेल मार्फत सार्बजनिक भएको छ।








