पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।









