चितवन । द डिभाईन म्युजिक तथा बोन्ड्स फिल्म प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको म्युजिक भिडियो “म त डुब्दै डुब्दै“ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द ÷ संगीत संयोजन रहेको उक्त गीतमा किरण गजमेर तथा ममता गुरुङ्गको स्वर रहेको छ ।
भिडियोमा पुष्प खड्का र श्रेया सिटौला प्रमुख अभिनय रहेको निर्माण कम्पनीले जनाएको छ । रामजी लामीछानेको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियो प्रेमसंग सम्बन्धित मनोरञ्जनात्मक गीत रहेको निर्माता नवीन के शर्माले बताए ।
सो भिडियो असोज १ गते राष्ट्रिय चलचित्र दिवसको अवसरमा सार्वजनिक गरिएको हो ।








