काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । नेपालका करण केसीले २ विकेट लिएका छन् ।
उनले ओमानका ओपनर जतिन्दर सिंहलाई १३ रनमा आशिफ सेखबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए भने अर्का ओपनर सुफ्यान मेह्मुदलाई पनि पेभेलियन फर्कादिएका छन् । उनी ४ रनमा सुशान भारीबाट क्याच आउट भएका हुन् ।








