पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवेन्द्र पुन ३ लाख घुस लिँदै गर्दा शनिबार पक्राउ परेका छन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग घुस लिनेक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिँदै गर्दा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलार्ई पक्राउ गरेको हो । आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले वडाध्यक्ष पुनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जानकारी दिए ।








