• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

छाप्रामै थलिए राउटे: न शरीर ढाक्ने कपडा छ, न पानीबाट ओत लाग्ने ठाउँ

  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्नुहुन्न ।

    फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ । कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । “बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भन्नुभयो, “जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की रु डाक्टरलाई यतै ९बस्तीमै० पठाइदिनुप¥यो ।”

    स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ । यो समुदाय एक साता अघि मात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो । छैयालीस घरधुरी रहेका राउटे हाल १४१ को सङ्ख्यामा छन् ।

    अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरु छन् । ३० वर्षीय पे्रम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते हुनुभयो । उहाँको दायाँ खुट्टामा गम्भीर समस्या छ । दुर्घटनालगत्तै उहाँले स्थानीय मेडिकलमा उपचार गराउनुभयो । स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उहाँले बताउनुभयो । पे्रमलाई पनि अरुको साहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ । त्यस्तै, १२ वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते हुनुभयो । उहाँको दायाँ हातको कुइनामा चोट लागेको छ ।

    राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का ९अधिकारी० ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । “भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,” उहाँले भन्नुभयो, “बिरामीलाई बस्तीबाट अस्पतालमा पु¥याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन् ।”

    सङ्घीय संरचनापछि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । राउटेहरु जुन जिल्लामा बसाइँ सरेपनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ । प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ ।

    “कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे”, उहाँले भन्नुभयो, “अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।” गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिनुभयो । गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उहाँको भनाइ छ । “प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष वलीले भन्नुभयो ।

    मृत्युदर बढ्यो

    गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

    प्राणीशास्त्रीसमेत रहनुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रुपमा रहेको बताउनुभयो । “राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन”, उहाँले भन्नुभयो, “राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो ।” आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ । पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन् ।रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.