काठमाडौँ । नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा घरेलु टोली साम्पडोरियामाथि ४–० को सहज जित दर्ता गर्दै नेपोलीले शीर्षस्थानमा स्थान पक्का गरेको हो ।
नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा फावियन र पिओटर जिलेन्स्कीले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल सम्भव भएको थियो । जितसँगै नेपोली ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
अपराजित रहेका इन्टर मिलान र एसी मिलानको भने समान खेलबाट १३अंक छ । पराजित साम्पडोरिया ५ अंक जोडेर १३औं स्थानमा छ ।








