पोखरा । गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको आइतबार विहानको अपडेट अनुसार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु स्याङजाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना र नवलपरासी सुस्ता पूर्वका ४ जना रहेका छन् । अहिले सबै संक्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जानकारी दिएको छ ।योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११३ पुगेको छ ।








