• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर कोरोना अस्पताल प्रकरणबारे अख्तियारको छानबिन अन्तिम चरणमा, महानगरका कानुनी सल्लाहकार भन्छन् ‘अख्तियारको निर्णय कुरौं’

  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालको बाहिरीएको सिसि टिभी फुटेजमा सामान अपचलन गरेको आरोप लागेका कर्मचारीहरुमाथि र यस सम्वन्धमा छानविन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ । सीसी टिभी फुटेज सार्वजनिक भएलगत्तै अख्तियारको हेटौंडा कार्यालयले आवश्यक कागाजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख बाबुराम खतिवडाले घटनाको छानविन र अनुसन्धान तीव्र गतिमा चलिरहेको बताउनुभयो ।‘ हामी अत्यन्त गम्भिर ढंगले छानविन गरिरहेका छौं यसको नतिजा छिट्टै आउनेछ’ खतिवडाले भन्नुभयो । अनुसन्धानकै क्रममा रहेकाले थप विवरण अहिल्यै खुलाउन नमिल्ने समेत उहाँले बताउनुभयो । अख्तियारले सीसीटिभी फुटेज, बिल भौचर लगायतका कागाजातका साथै स्टोरमा रहेका सामाग्रीहरुको बिबरण लिएको थियो । अख्तियार स्रोतका अनुसार कागाजातहरुको अध्ययन र छानविन अन्तिम चरणमा पुगेको छ । सिसीटीभी फुटेजमा देखिएकाहरुलाई सोधपुछ समेत भएको छ । महानगरका कानुनी सल्लाहकार भन्छन् ‘अख्तियारको निर्णय कुरौं’ भरतपुर महानगरपालिकाका कानुनी सल्लाहकार र कानुन अधिकृतको टोलीले कोरोना बिशेष ९अस्थायी० अस्पतालकोे सिसि टिभी फुटेजमा सामान अपचलन गरेको आरोप लागेका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन चलिरहेकाले उनीहरुमाथि महानगरबाट तत्काल अलग्गै कार्वाही गर्नु उपयुक्त नहुने राय पेश गरेका छन् । बाहिरिएको सिसि टिभि फुटेजमा महानगरका लेखापाल फणिन्द्र प्रसाद खनाल, स्वास्थ्य अधिकृत सूर्य तिवारी भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल देखिएपछि महानगरबाट कर्मचारीहरुलाई कार्वाही गर्न मिल्ने की नमिल्ने रु भनि कानुनी समुह संग राय माग गरिएको थियो । समुहको संयोजन महानगरकी उपप्रमुख एवम् न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीले गर्नुभएको थियो । राय पेश गर्नेहरुमा महानगरका कानुनी सल्लाहकारहरु बरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेल, अधिवक्ता गोपीलाल देवकोटा र कानुन अधिकृत खगेश्वर अधिकारी रहनुभएको छ । बरिष्ठ अधिवक्ता पौडेलले अख्तियारबाट भैरहेको छानविन छिटो पुरा गर्न महानगरबाट अनुरोध गर्नु उपयुक्त हुने राय राख्नुभएको छ । पौडेलको राय पत्रमा भनिएको छ, ‘यस बिषयमा संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि बढाएको हुँदा उक्त निकायलाई शिघ्राति शिघ्र प्रस्तुत बिषयमा कारबाही अगाडि बढाउन महानगरपालिकाले अनुरोध गर्ने ।’ त्यसैगरी अधिवक्ता गोपीलाल देवकोटाले भरतपुर महानगरपालिकाले छुट्टै अर्को कानुनी कार्वाही गर्न नमिल्ने राय दिनुभएको छ । देवकोटाको रायमा भनिएको छ, ‘फौजदारी न्यायको सर्बमान्य सिद्धान्त समेतका आधारमा सीसीटिभी फुटेजको सोही बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका निकायमा अनुसन्धान भैरहेको सो बिषय र सोही बिषयका ब्यक्तीहरु उपर भरतपुर महानगरपालिकाले छुट्टै अर्को कानुनी कार्वाही गर्न नमिल्ने ब्यहोराको राय ब्यक्त गर्दछु ।’ त्यस्तै कानुन अधिकृत खगेश्वर अधिकारीले संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएकाले त्यसैलाई निष्कर्षमा पुग्न दिनु पर्ने राय राख्नुभएको छ । ‘यस बिषयमा उक्त निकाय सक्रिय भैसकेको भन्ने बुझिएकाले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बिधिसम्मत निष्कर्षमा पुग्न दिनु नै कानुन सम्मत देख्दछु तसर्थ सोही बमोजिम हुन राय पेश गरेको छु’ अधिकारीको रायमा भनिएको छ । गत जेठ ८ गते बसेको महानगरपालिकाको बैठकले यस बिषयमा राय पेश गर्न कानुनी टोली बनाएर उपप्रमुख शाहलाई संयोजन गर्ने जिम्मेवारी दिइएको थियो । कानुनी सल्लाहकारहरु बरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेल, अधिवक्ता गोपीलाल देवकोटा र कानुन अधिकृत खगेश्वर अधिकारीले जेठ १३ गते छुट्टाछुट्टै लिखित राय पेश गर्नुभएको थियो । उपप्रमुख शाहले भने कानुनी टोलीले दिएको राय बिपरित कर्मचारीहरुलाई निलम्वन गर्न माग सहित प्रमुख रेनु दाहाललाई जेठ १८ गते राय प्रतिवेदन पेश गर्नुभएको थियो । महानगर सम्वद्द कानुनी सल्लाहकारहरुको टोली एकतिर र उपप्रमुख शाहको प्रतिवेदन अर्कोतिर मोडीएको छ । कानुनी सल्लाहकारहरुले आफु अनुकुलको राय नदिएपछि उपप्रमुख शाह उनीहरुसंग रुष्ट देखिनुभएको छ । तर, न्यायिक समितिको संयोजक समेत उपप्रमुख शाहनै रहनुभएकाले कानुनी सल्लाहकार र कानुन अधिकृतको टोलीले दिएको राय बाझिने गरी प्रतिवेदन तयार गर्नु उपयुक्त नहुने दावी कानुन ब्यवसायीहरुको छ । आफु कानुन र बिधी भन्दा बाहिर गएर कुनै पनि निर्णय लिन नसक्ने प्रमुख दाहालको अडान छ । ‘अख्तियारले छानबिन गरिरहेको छ, छानविनमा हामी आवश्यक सबै सहयोग गर्न तत्पर छौं दोषी ठहरीएमा हदैसम्मको कानुनी कार्वाही हुनुपर्दछ’ दाहालले भन्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.