कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नाला तर्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर ५भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरी रहेका छन्।युरिया मल लिएर आउँदै गरेका चौधरीको नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनमा शारिरीक अपांगता रहेको थियो।स्थानीय बालबालिका चौधरी डुबेपछि उद्धारको प्रयास गरेपनि नसकेको जनाईएको छ ।उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।








