चितवन । पूर्विचितवनको खैरहनीमा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित खैरहनी मा विको खेल मैदानमा शनिवारबाट जिल्ला स्तरिय स्वर्ण कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
युवा स्वर्ण तारा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका पुर्वमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् । पहिलो दिनको खेलमा वसन्तपुर युनाइटेड क्लब माडी विजयी भएको छ ।
हर्दी युवा समाजलाई ३ – २ को गोलअन्तरले हराउदै वसन्तपुर युनाइटेड क्ल
ब विजयी भएको प्रतियोगिताको सह संयोजक पवन रैलाले जानकारी दिए । आज रडस फुटबल क्लब रामपुर र इन्द्र कमल युवा क्लब, खैरहनी ११ भिड्ने छन् ।









