इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १६५ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
सनराइजर्सको यस सिजनमा १० खेलमा यो दोस्रो जित हो । सनराइजर्स ८ खेलमा पराजित भएको छ । यो जितपछि ४ अंक हासिल गरेको छ भने अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै राजस्थानको १० खेलमा यो छैटौ हार हो । ४ खेल जितेको राजस्थानको ८ अंक रहेको छ ।








