चितवन । नेपाल विद्यार्थी सघंले पुस्तकमा लगाएको सिण्डिकेट हटाउन माग गरेको छ । ने.वि.सघं चितवनका उप–सभापति अनमोल अधिकारीले पुस्तकमा हुने सिण्डिकेट खारेजीको माग गरेका हुन् । किताबमा लगाइएको करले शिक्षक, विद्यार्थी मात्रै नभएर पढ्ने जमात नै दुःखी भएको बताएका छन् । हाल कोरोनाले विश्व त्रसित बनाइरहेको बेलामा सबैको आर्थिक अवस्था कमजोर भएको भन्दै पुस्तकमा केही मात्रामा भएपनि सहुलियत दिन माग गर्नुभएको छ। “चितवनको पुस्तक व्यवसायीहरुले विगत ३ वर्ष देखि पुस्तकमा छुट नदिएको र छुट दिनिलाई पनि कारबाही गर्ने गरेको यो अव्यवहारिक कार्य हो।झझ यसको जिम्मेवार पुस्तक व्यवसायी सघं रहेको भन्दै उनले पुस्तकमा नितिगत रुपमा भ्रष्टाचार भएको उनले बताएका छन्। “केही निजि शैक्षिक सस्थांले मनोमानि रुपमा आफैले पुस्तकहरु प्रकाशन गरेर पढाइरहेका छन्। जुन प्रक्रिया अनुरुपको छैन। यस्ता विषय आफुहरुलाई कदापि मान्य नभएको अधिकारीको भनाइ छ। लाखौं विद्यार्थीको भविष्य जोडिएको ज्ञानको विषयमा पनि कसैले सिण्डिकेट लाउछ भने आफु र आफ्नो सगंठनलाई मान्य नहुने उनले भन्दै उनले पुस्तकमा लगाएको सिण्डिकेट नहटाए कडा रुपमा उत्रने चेतावनी दिएका छन्।








