काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । CG Digital स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६७२ र एन्टिजेन विधिबाट २ हजार ३३१ जनामा परिक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९३ हजार २७१ र एन्टिजेनबाट ९१ हजार १०८ जना पुगेको छ । यस्तै, आज थप १३१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ११५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।








