• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भोलिबाट साफ च्याम्पियनसिप, नेपाली टोलीको कतार भ्रमण र आशा

  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना भाइरस महामारीबीच एक वर्ष धकेलिएको दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करण माल्दिभ्समा भोलिबाट सुरु हुँदै छ । हरेक दुई वर्षमा हुने साफ च्याम्पियनसिप कोरोनाकै कारण धकेलियो ।

    खासमा यस पटक साफ आयोजना गर्ने बंगलादेशले जिम्मा पाएको थियो । कोरोना र मुख्य प्रायोजन लिएर धेरै दबाब खेप्न नसकेको बंगलादेश फुटबल फेडेरेसनले आयोजनाबाट नाम फिर्ता लियो । यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजनाको लागि प्रस्ताव गरे । दुवै टोलीलाई केही सर्त राखियो । त्यसमा माल्दिभ्स नेपालभन्दा बलियो देखियो र दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यसमिति बैठकले माल्दिभ्सलाई आयोजनाको स्वीकृति दियो ।

    योसँगै १३औँ संस्करणको साफ १–१६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुनेछन् । भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउने छैन । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्नेछ ।

    गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए । उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे । त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ ।

    अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ । अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो । हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ । नेपालले साफको १३औँ संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन । नेपाल सधैँ साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि ।

    यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ । त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ । यसबाट मूख्य प्रशिक्षक अब्दुल्लाहले कुनै बाहना पाउने छैनन् । सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुकलाई पहिलो पटक साफ उपाधि जिताउने बनाउँदै गर्दा उनको वास्तविक परीक्षा शनिबार (पर्सी)बाट हुनेछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार (भोलि) उद्घाटन हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दै एउटा मिसन सुरु गर्नेछ । खेल राति पौने १० बजे सुरु हुनेछ । कतार भ्रमण नेपालको लागि कुवेती प्रशिक्षक हुन् अल्मुताईरी । तर, उनले प्रो लाइसेन्स कतार फुटबल संघबाट पूरा गरेका हुन् ।

    यता, साफ माल्दिभ्समा हुँदैछ । हाल माल्दिभ्समा तापक्रमसमेत उच्च छ । यसैले नेपाली प्रशिक्षक अब्दुल्लाहले माल्दिभ्सको हावापानीसँग मिल्ने गरी नेपाली टोलीको बन्द प्रशिक्षण कतारमै राखे । नेपाली टोलीले १६ दिन कतारमा प्रशिक्षण गरेर २७ सेप्टेम्बर मात्र माले प्रस्थान गरेको हो । यसअघि नेपाली टोलीले पोखरा र काठमाडौंमा तयारी गर्दै साफ अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ पहिलो खेल बराबरीमा समाप्त भएको थियो भने दोस्रो खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।

    एन्फाले समेत नेपाली टोलीलाई यस पटक प्राथमिकतामा राख्दै कतार भ्रमणमा पठाएको हो । मूख्य प्रशिक्षक अब्दुल्लाहको चाहना अनुसार नै नेपालले कतार भ्रमण पायो । अब्दुल्लाहले आफ्नै पहलमा स्थानीय एक क्लब र ओमान राष्ट्रिय फुटबल टोलीसँग नेपाली टोलीलाई मैत्रीपूर्ण खेल दिलाए । एक प्रकारले भन्दा नेपाली टोली कतारमा अझै मजबुद बनेको छ । विदेशी भूमिमा विदेशी प्रशिक्षकको साथ नेपाली टोलीले पहिलो पटक उच्च मनोबलका साथ प्रशिक्षण पूरा गरेको छ ।

    कतार भ्रमण ठ्याक्कै कस्तो रह्यो भनेर शनिबार खेलले नै बताउनेछ । साफ उपाधिको आशा प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो र दोस्रो पत्रकार सम्मेलन तथा भारतसँग खेल्दै गर्दा आफ्नो मूख्य लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताएका थिए । नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोलीको रणनीतिसमेत नयाँ बनाई अब्दुल्लाहले साफको उपाधि आशा देखाएका हुन् । यति मात्र हैन पछिल्लो नेपालको रणनीति काउन्टरमा गएको र नेपाली टोलीमा ‘वान टिम वान गोल’ नारा दिलाउने उनै अब्दुल्लाह हुन् ।

    अब्दुल्लाहबाट नेपाली टोलीले धेरै नै आशा गरेको छ । यति मात्र हैन पछिल्लो समयमा उनै अब्दुल्लाहले सामाजिक सञ्जालमा एक प्रकारको आफ्नो शुभेच्छुक जम्मा गरेका छन् । पछिल्लो समय केही विवादमा परेका अब्दुल्लाहलाई साफबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । अब्दुल्लाहले आफैँ कार्यरत संस्थाको वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङको बदनाम गरेका छन् । यस्तै नेपालका पूर्वखेलाडीलाई आरोप लगाएका छन्, उपाधि जित्न नसकेको भनेर ।

    यी तमाम विषयका बीच अब्दुल्लाहले उपाधि हात पार्न सके उनी नेपालका लागि सबैभन्दा उत्कृष्ट र सफल प्रशिक्षक गनिनेछन् ।साफको १३औँ संस्करण शुक्रबारबाट सुरु हुँदै गर्दा सम्पूर्ण नेपालीको आशा छ । यो युवा टोली र प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई पहिलो पटक उपाधि दिलाउनेछन् ।

    अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

    नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल

    नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट

    नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट

    नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट

    नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल

    नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल

    नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)

    साफमा नेपालको खेल– समय

    नेपाल भर्सेस माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

    नेपाली टिम

    गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की

    डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

    मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी

    स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा

    माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

    गोलरक्षक – किरणकुमार चेम्जोङ

    डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,

    मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ

    स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.