चितवन । चितवनको विकट ठाउँ मानिन्छ कालिका नगरपालिकाका वडानम्वर १० र ११ । जहाँ पुग्न शक्तिखोरबाट खोला तर्नुपर्ने वाध्यता छ । गत असार १७ र १८ गते आएको बाढीले खोलामा बनिसकेको पुललाई जोड्न राखिएको जाली र पर्खाल बगायो । तीन दोभान पुग्न समेत अहिले जनतालाई सास्ती छ ।
खोलाबाट तर्दा बगाउने खतरा कायमै छ भने ठूला व्यक्तिहरु तर्न सकेपनि न साना गाडी तार्न मिल्छ न मोटरसाइकल नै । गाउँगाउँमा सिँह दरवार आयो भनेपनि समस्या ज्यूंँका त्यूँ छ । जनप्रतिनिधिलाई समेत राम्रोसँग थाहा छ यहाँको समस्या, तर थाहा भएर के हुँदो रहेछ र जब कान थुनेर आँखा चिम्म गरेर बसेपछि । यहांँको समस्याका विषयमा सञ्चारमा माध्यममा प्रकाशन र प्रसारण भईसकेको छ । तर हालसम्मपनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।
तर जनप्रतिनिधिको चरम लापार्वाही र वेवास्ताका कारण अहिले त्यहाँको जनताको सास्ती नगरवासीको मात्रै नाम तर अति विकट ठाउँमा वसोवास गरिरहेको अनूभूति उनीहरुले गरिरहेका छन् । पुल निर्माण भइसकेका छ मात्रै जहाँ बाढीले बगाएको जाली सहितको पर्खाल छ त्यो बनाएर माटो भरिदियो भने त्यो सहजै संचालनमा आउँछ । तर यति सानो काम समेत असार १८ देखि आज असोज १६ सम्म आउँदा पनि काम भएको छैन । जनप्रतिनिधिले चासो देखाउने हो भने डोजर सहित उक्त ठाउँमा काम गर्दा समस्या समाधान हुन्छ ।
अहिले चेपाङ समुदाय लगायत विपन्नहरुलाई दशैँ कसरी मान्ने भन्ने चिन्ता थपिएको छ । संचारमाध्यमले समस्या उठान गरेर नसुनेको स्थानीय सरकारलाई अभियान्ता तथा सामाजिक व्यक्तित्वहरुले पुन ध्यानाकर्षण गराएका छन् । सपना भिलेजका प्रमुख ध्रुव गिरीले हिजो आफ्नो फेसवुकमा उक्त ठाउँको फोटो राख्दै जनताको सास्ती देखिदिन र समस्या समाधान गरिदिन स्थानीय सरकारलाई आग्रह गरेका छन ।








