भरतपुर । भरतपुर अस्पतालले आफ्नो सेवालाई थप विस्तार गर्दै लगेको छ । अस्पतालले आज (असोज १८ गते) बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले आजबाट जनरल ओपिडी सेवा शुरु गरिएको जानकारी दिए । जनरल ओपीडीमा विरामीले आफ्नो समस्या बताउपछि सम्बन्धित विषय विज्ञ चिकित्सक समक्ष रिफर गर्ने गर्दछ ।
यस अघि ओपीडी मार्फत सेवा दिंँदा बिरामीहरुको बढी चाप र अन्योलको अवस्था सिर्जना भएको थियो । मेसु पौडेलले पहिले देखि नियमित गरिएको ओपडि सेवा संँगै आज देखि जीओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिए । एक सेवा थप भयो । अर्कोकुरा विरामीले सम्बन्धित रोगको डाक्टरसंँग सिधै भेट हुने भयो । उनले भने ।
जसले गर्दा समयको बचत , छिटो सेवा र चाप कम हुनुका साथै सेवामा गुणस्तरियता बढ्ने उनको भनाई छ । नेपालका केही अस्पतालमा पनि लागू भए पनि भरतपुर अस्पतालमा आजदेखि यो सेवा शुरु गर्न लागिएको हो ।
भरतपुर अस्पतालमा टिकट काट्न र ओपिडी परीक्षण गर्न लामो समय पर्खुपर्ने गुनासो आईरहेको समयमा अस्पतालले सेवा विस्तार गरेको हो । डा. पौडेलका अनुसार छिट्टै अनलाईनबाट ओपिडि टिकट काट्ने व्यवस्था गरिने भएको छ ।








