पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान दिएको अपडेट अनुसार तीन जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जना, म्याग्दीका एक जना र बाग्लुङका ११ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १४४ पुगेको छ ।









