हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चार्डपर्वहरुले सामाजिक एकता कायम गरेको बताएकी छन् । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजया दशमी , शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा गरेको चियापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले पहिचान र परिचयलाई फराकिलो बनाउनु पर्ने बताईन् ।
उनले कुनैपनि संस्कृति र संस्कार भित्र विभेद गर्ननहुने बताईन्। समानताको सुरुवात घरबाटनै गर्नका लागि आग्रह गरिन् । मुख्यमन्त्री शाक्यले आफुहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा रहेको समेत बताईन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु,विभिन्न सरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।








