चितवन। चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारबाट लकडाउनमा थप कडाई गरिने भएको छ ।चितवनमा मात्रै एकै दिन ३० जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडाइ गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले आज मंगलबारबाट थप कडाई गरिने बताए । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दा अवस्था भयावह हुने तर्फ सचेत हुन समेत स्थानीय सबैमा आग्रह गर्नुभयो ।








