काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २६४ र एन्टिजेन विधिबाट ३ हजार ४०८ जनामा परिक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २८२ र एन्टिजेनबाट ९२ हजार ७९० जना पुगेको छ । यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।








