• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ऋणमा प्रदर्शनी केन्द्र

  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ ।

    सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईसकेकामा रु १० करोड सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने रु १५ करोड नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो । बाँकी रु छ करोडभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा रु तीन करोड बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ ।”

    अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको सङ्घ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले बताउनुभयोे, “काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफँै जवानी बसी ऋण खोजेर केही भुक्तानी गयौँ अब केही बाँकी नै छ ।”

    वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ । ती कामका लागि रु छ करोड हाराहारी खर्च हुने अनुमान छ । बाटोको काम बाग्मती प्रदेश सरकारको रु एक करोडको लागतमा गरिँदै छ । काम सम्पन्न गर्दा रु ३८ करोड हाराहारी खर्च हुने अनुमान छ ।

    तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन् । ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ । पूर्ण वातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उहाँले बताउनुभयो ।
    कोभिड सङ्क्रमण देखिनु अघि १० वटा कार्यक्रम यसै कक्षमा सम्पन्न भइसकेका छन् । त्यस बखत उक्त कक्षमा कोरोना अस्थायी अस्पताल बनाइएको थियो । कोरोनाका कारण कार्यक्रम हुन नसक्दा केन्द्रले आम्दानीसमेत गर्न सकेको छैन । आउँदो पुस, फागुन र चैतमा अन्तर्राष्ट्रिय तीन वटा प्रदर्शनीका लागि कक्ष बुकिङ भइसकेका छन् । सामान्य अवस्थामा पनि वर्षमा १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने अपेक्षा गरिएको उपाध्यक्ष कँडेलको भनाइ थियो ।

    निजी क्षेत्रको साझेदारीमा बनाइएको यो देशकै महत्वपूर्ण परियोजना हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रको साझेदारीमा बनाइएकोे यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न चितवन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लाग्नुभएको जानकारी दिँदै केही दिनभित्रै नजिता दिने गरी काम हुने आफूले विश्वास लिएको बताउनुभयो ।

    महानगरपालिकाले प्रदर्शनी परिसरमा रु ९० लाख खर्च गरेर औद्योगिक पाठशाला निर्माण गरेको छ । सङ्घका पदाधिकारी जमानी बसेर ऋण तिर्नुपर्ने अवस्था आएको छ भन्दै उहाँले सरकारले यसमा चासो देखाउनुपर्ने र महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    सङ्घमा एक हजार २०० सदस्य छन् । घरेलु तथा साना उद्योग कार्यालयको जग्गा २९ वर्षका लागि भाडामा लिएर प्रदर्शनी केन्द्र निर्माण गरिएको हो ।

    राप्तीमा सभाकक्ष र सिसी क्यामरा

    पूर्वी चितवनको राप्ती नगरपालिकाले ५०० जना अटाउनसक्ने सुविधासम्पन्न सभाकक्ष निर्माण गरेको छ । नगर प्रमुख प्रभा बरालका अनुसार वडा नं २ स्थित गड्यौलीमा एक बिघा १० कट्ठा जमिनमा रु एक करोड चार लाखको लागतमा निर्माण गरिएको सभाकक्ष परिसरमा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । राप्तीमा सभाकक्ष नहुँदा त्यहाँ हुने कार्यक्रमका लागि खैरहनी र सौराहा जानुपर्ने बाध्यता थियोे ।
    उहाँले भन्नुभयो, “अब राप्ती नगर क्षेत्रमा आफ्नो कार्यक्रम गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।” बरालले नगर प्रमुख भएदेखि सो क्षेत्रमा सभाकक्ष बनाउनु पर्नेमा जोड दिँँदै आउनुभएको थियो ।

    प्रदेश र सङ्घबाट आवश्यक बजेट उपलब्ध नभएपछि आन्तरिक स्रोतबाटै नगरपालिकाले सभाकक्ष बनाएको हो । सभाकक्ष घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । राप्तीवासीले यो कक्षलाई आफ्नो सम्पत्तिको रुपमा लिएका छन् । यसबाट चितवनको पूर्वी क्षेत्रका बासिन्दाका साथै मकवानपुर जिल्लाका केही गाउँपालिकाले समेत लाभ लिन सक्छन् ।

    राजमार्गमा सिसी क्यामरा

    नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । पूर्वपश्चिम राजमार्गको खुरखुरेदेखि लोथरसम्म रु १० लाख खर्चेर नगरपालिकाले छ वटा सिसी क्यामरा जडान गरेकोे हो । नगरप्रमुख बरालले दुर्घटना र अन्य आपराधिक गतिविधिको अनुसन्धान सहज गराउनका जडान गरिएको क्यामराको मनिटर डढुवा इलाका प्रहरी कार्यालयमा राखिएको जानकारी दिनुभयो ।रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.