चितवन । भरतपुर अस्पतालको ओपिडी सेवा मंगलबारदेखि बन्द हुने भएको छ । मंगलबार फुलपातीदेखि ३० गते एकादशीसम्म अस्पतालको ओपिडी बन्द हुने भएको हो । अस्पतालले सोमबार एक सुचना जारी गर्दै ५ दिन ओपिडी बन्द रहने जानकारी दिएको छ ।
ओपिडी बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ने अस्पताल प्रशासनले जनाएको छ ।








