नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।
जिल्लाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका सुरक्षा योजना लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई सन्तोष पोखरेलले जानकारी दिए ।
उनका अनुसार नुवाकोटको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर सम्पर्क गर्न आग्रह गरिएको छ ।








