काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६९१ एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण देखिएको हो । यस्तै, आज थप ९१० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।








