कैलाली । भारतबाट कैलालीको त्रिनगर नाकाबाट नेपाल आएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका(७ का ७५ वर्षीय गर्भे विक रहेका छन् । त्रिनगर नाकाबाट आइरहेका उनी सिमा क्षेत्रमा बेहोस भएको र उपचारको क्रममा मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए । उनमा कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने भएको छ । उनमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या रहेको थियो ।








