चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ मा अत्यावश्यक बाहेकका सेवा तत्काललाई बन्द गरिएको छ । वडाको विपद् व्यवस्थापन समितिले दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधी पसल, भेटनरी र पशु आहार ९दाना चोकर० बाहेकका सम्पूर्ण सेवा र पसलहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । बुधबार २८ गतेदेखी यहि जेठ मसान्त ३२ गतेसम्म ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रकोप वडामा पनि देखिएको भन्दै ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको वडा नम्बर ५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण वडाबासीहरुलाई घरभित्र नै सुरक्षित रुपमा बस्न र नआत्तिन आग्रह गर्नुभएको छ ।








