• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा १० वर्षमा ३९ हजार बढी घरधुरी थपिए

  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका अनुसार जिल्लाका सात पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार सङ्ख्यामा वृद्धि भएको हो ।

    कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जनगणनामा एक लाख ७१ हजार ७०० परिवारको गणना हुँदैछ । पछिल्लो जनगणनामा एक लाख ३२ हजार ४६२ परिवारको गणना भएको थियो । यहाँका पालिकामा समेत परिवार सङ्ख्यामा वृद्धि भएको पाइएको छ । सात पालिकामा नै परिवार सङ्ख्यामा वृद्धि भएको हो । उहाँका अनुसार भरतपुर महानगरपालिकामा ८७ हजार ४४२ परिवारको गणना हुँदैछ । यो अघिल्लो गणनाको भन्दा १८ हजार ४०७ परिवारले वृद्धि भएको छ । यस्तै रत्ननगर नगरपालिकामा २३ हजार १५३ परिवारको गणना हुँदैछ ।

    यस पालिकामा सात हजार ८३ परिवार सङ्ख्यामा वृद्धि भएको छ । कालिका नगरपालिकामा १२ हजार ३३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ । यस पालिकामा तीन हजार २२१ परिवार थपिएका छन् । खैरहनी नगरपालिकामा चार हजार ९३७ परिवार थप भएका छन् । यस पालिकामा १७ हजार २६८ परिवार रहेका छन् । राप्ती नगरपालिकामा १५ हजार ११९ परिवारको गणना हुँदैछ । यस पालिकामा अघिल्लो गणनाभन्दा तीन हजार ६४ परिवार थप भएका हुन् ।

    माडी नगरपालिकामा १० हजार १७८ परिवारको गणना हुने भण्डारीले जानकारी दिनुभयो । यस पालिकामा एक हजार २१८ परिवार वृद्धि भएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा छ हजार २०३ परिवारको गणना हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा एक हजार ४२५ परिवार थपिएका छन् । भूकम्पपछि पहाडी क्षेत्रबाट धेरै बसाइँसराइ गरी यहाँ आएकै कारण परिवार सङ्ख्या थप भएको अनुमान छ । कार्यालयले जनगणनाअन्तर्गत प्रथम चरणको घर तथा घरपरिवारको सूचीकरण कार्यका आधारमा यो तथ्याङ्क लिएको हो ।

    पहिलो चरणमा २१० जना सुपरिवेक्षाकले भदौ ३० गतेदेखि असोज १८ गतेसम्म स्थलगत अध्ययन गरी ल्याएको तथ्याङ्कका आधारमा एक लाख ४० हजार ७८० घरमा ती परिवार बसोबास गर्दै आएका छन् । ती परिवारमा आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणना हुँदैछ । गणनामा ८५७ जना गणक परिचालन हुँदैछन् । उनीहरुले ८४१ गणना क्षेत्रमा काम गर्दैछन् । अहिले गणनाका लागि गणक छनोटको अन्तिम तयारी भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागले छनोट गरेका गणकको प्रमाणीकरण र सक्कल काजगपत्र भिडाउने काम भइरहेको छ । कात्तिक १३ देखि १६ गतेसम्म गणकको तालिम हुनेछ ।

    एक जना सुपरीवेक्षकअन्तर्गत चार गणक रहने व्यवस्था गरिएको छ । एक जना गणकले २५० परिवारको गणना गर्नुपर्ने छ । एक परिवारमा गणकले ८० प्रश्न सोध्नेछन् । एक परिवारमा करिब ४५ मिनेट लाग्ने उहाँले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाभन्दा अहिलेको नयाँ प्रविधिबाट गणना हुने भण्डारीले बताउनुभयो । कार्यालय प्रमुख भण्डारीका अनुसार घर गणना, सामुदायिक प्रश्नावली, पुख्र्यौली भाषा, मातृ मृत्युदर, बैंक वित्तीय संस्थामा खाता रहेको नरहेको, ऋण लिएको नलिएको, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट तालिम लिएको नलिएको, कृषि गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनलगायतका तथ्याङ्क गणकले लिनेछन् ।

    गणना सम्पन्न गर्नका लागि जिल्लामा रहेको ९८ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.