चितवन । चितवनमा आज २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट २२ र एन्टिजेनबाट परिक्षण गरिएका ५ जना गरी थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ४५३ पुगेको छ । आज जिल्लाभर सक्रिय संक्रमित २६६ जना रहेका छन् । उनीहरुमध्य २३२ जना होम आइसोलेसनमा छन् भने ३४ जना अस्पतालमा रहेका छन् ।
यता, आज ५ जनाले कोरोना जितेका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ७६२ पुगेको छ ।








