• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

टेलिभिजन कार्यक्रबाट प्रेरित भएर कागती खेती

  •   शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । “देशको माटो रम्न सके रम्छ नेपाल” यो नारा हो भरतपुर महानगरपालिका वडा नम्बर ८ गैरीगञ्जमा रहेको कुटो कोदालो कृषि बारीको हो । यो फमका संञ्चालक ज्ञानहरि कँडेल अहिले यहि नारा मार्फत आफ्नो कृषि कर्ममा व्यस्त हुनुहुन्छ । उहाँले अहिले आफ्नो ७ कट्टठा जमिनमा कागती गर्दै आउनु भएको छ । कँडेलले बिदेशको यात्रालाई रोकेर आफ्नै बारिमा कागती खेति गर्दै आउनु भएको हो । ६ वर्ष पहिले बिदेश जाने सोचमा रहनु भएका कँडेल राहदानी (पासपोर्ट) वनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उहाँलाई कृषि कर्ममा आकर्षित ग¥यो ।

    टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखौको आयात हुने सुने पछि उहाँले बिदेशको यात्रालाई पूर्णबिराम लगाउँदै यस व्यवसायमा लाग्नु भएको हो । उहाँले भन्नुभयो “बिदेश जाने रहर होइन । साथीभाईहरु सबै विदेशमा भएकाले केही समय बिदेश जाँउ भन्ने लागेको थियो । तर पछि मन वद्लीयो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित वनेपछि आफ्नै देशको माटोमा केही गर्नु पर्छ भन्दै उहाँले कागती खेति सुरु गरेको स्मरण गर्नुभयो । कँडेलले सुरुवातमा आफ्नो ७ कट्टठामा १ सय वटा कागतीका बिरुवा लगाउनु भयो ।

    उहाँको बारिमा सुन कागती लगाउनु भएको छ । उहाँले भन्नुभयो “महिनामा ४ क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उहाँले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुशी लागेको छ । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उहाँले बताउनुभयो । कागति अमिलो भए पनि फल गुलियो हुँदो रहेछ उहाँले खुशि हुँदै भन्नुभयो । उहाँले भन्नुभयो “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उहाँको भनाई छ । ग्राहक तथा व्यापारी घरमै आएर कागति लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहिँ तरकारी तथा फलफूल मण्डीमा पु¥याउनु पर्ने भए पनि खासै वजारको समस्या नभएको उहाँ बताउनुभयो ।

    उहाँले भन्नुभयो “अन्य फलजस्तो केहि दिनमै सड्ने, बिग्रने, चराहरुले बारीमै सखाप पार्ने समस्या हुदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइहुने पैसा कागतीले यहि दिन्छ । कागती खेति गर्नु अघि उहाँ हार्डवेयरको व्यापार गर्नुहुन्थ्यो । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गर्नुभएका उहाँ र उहाँको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई वढाएर एक बिगाहा पु¥याउने लक्ष्य उहाँको छ । उहाँले सम्झनुभयो “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी वनाउन थाल्यो भन्नुहुन्थ्यो ।

    अहिले कृषि कर्म गर्नु पर्छ भन्ने सबैमा परेको छ ।” उहाँलाई पहिला वुद्धि विग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यवसायीक रुपमा खेती गर्नु पर्छ भन्नेमा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौ । अहिले उहाँकै प्रगति देख्दा खुशि लागेर आउँछ ।” अहिले उहाँले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्किले अनुसन्धान केन्द्रको रुपमा बिकास गरेको छ । केन्द्रका प्राबिधिक अधिकृत (बागबानी) रेशम वहादुर वस्नेतले यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भईरहेको बताउनुभयो । यहाँ उत्पादित कागतीलाई स्याङ्जामा ललगेर स्टोर गर्ने गरेको उहाँले भनाई छ ।

    अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी वढाउन सकिन्छ भन्ने बिषयमा अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँलेको व्यवसाय नमुना व्यवसाय रहेको उहाँले बताउनुभयो । केन्द्रले नेपालमा यही फममा मात्रै अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो ।

    मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.