• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नवलपुरमा ३१ हजार बालबालिकालाई भिटामिन खुवाउंँदै

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (पूर्व)का ३० हजार ९ सय ८९ बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ३० हजार ९ सय ८९ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ ।

    उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाईने छ । यो उमेर समूहमा २७ हजार ३९ जनसंख्या रहेको छ । ३६२ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने चापागाईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।हरेक वर्ष कात्तिक २ र ३ गते हुँदै आईरहेको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम यस वर्ष दशैंका कारण केही पछि सारेर कात्तिक ७ र ८ गते गरिएको हो ।

    भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरु देखापर्दछ । भिटामिन ‘ए’ कमी भएमा छाला सुख्खा हुने, छालामा पटकपटक संक्रमण हुने, आँखा सुख्खा हुने, राति आँखा देख्न गाह्रो हुने, गर्भाधान नहुने, बालबालिकाको ढिलो विकास हुने, पटकपटक छाती तथा घाँटीको संक्रमण हुने र घाउ ढिलो निको हुने जस्तो समस्या देखिन्छन् ।यसैगरी पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ ।

    खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् । विभिन्न माध्यमबाट जुकाको फुल पेटमा प्रवेश गरिसकेपछि आन्द्रामा गएर बस्छ । जुन दुई–तीन सातामा लार्भामा परिणत हुन्छ । अनुकूल वातावरण पाएपछि लार्भाका कारण पेटमा संक्रमण सुरु हुन्छ । साथै सामान्यतया गर्भाधानपछि ती लार्भाले लाखौँको संख्यामा फुल पनि पार्न थाल्छ । जुकाका फुलहरू दिसाको माध्यमबाट बाहिर निस्कछन् ।पेटभित्र जुका विकसित भइसकेपछि सानो आन्द्रको भित्तालाई छेडेर रगतनलीमा पस्ने गर्छ । त्यसपछि पुनः फोक्सोबाट घाँटीमा आइपुग्छ । बिस्तारै अन्ननली हुँदै आमाशयमार्फत सानो आन्द्रामा जाने गर्छ । जसकारण जुका घातक पनि हुन सक्छ ।

    जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, तौल घट्दै जानेजस्ता लक्षण देखा पर्छन् । बालबालिका कुपोषणको सिकारसमेत हुने गर्छछन् । जुका रक्तनली हुँदै फोक्सोमा पुगेमा खोकी लाग्ने र श्वास छिटोछिटो चल्ने हुन्छ । कतिपय अवस्थामा जुकाले आन्द्रामा रुकावट सिर्जना गर्छन् । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र बान्ता हुने गर्छ । जटिल हुँदै गएमा आन्द्रा च्यातिने वा प्वाल पर्ने हुन्छ । त्यसैले सरकारले सञ्चालन गरेको अभियानमा जुकाको औषधि खुवाउने गर्नु पर्दछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.