नवलपुर । वडामा निर्माण हुन लागेको शहरी स्वास्थ्य केन्द्रमा जनप्रतिनिधिले नै अवरोध सृजना गरेका छन । देवचुली नगरपालिका वडा नम्बर २ स्थीत पुर्नवास टोलमा शहरी स्वास्थ्य केन्द्रका लागि छुट्याइएको जमिन आफ्नो क्षेत्रमा परेको भन्दै उक्त स्थानमा स्वास्थ्य कार्यलय निर्माण हुन नदिने अडान सोही वडाका वडा सदस्य टेकबहादुर माझिले लिएका छन । ५ महिना अघि पुर्नवास समिति र देवचुली नगपालिकाको वडा नम्बर २ ले दश धुर जमिन छुट्याई शहरी स्वास्थ्य केन्द्र निर्माण हुने स्थल भनि बोर्ड पनि राखेको थियो तर अहिले वडा कै जनप्रतिनिधि ९वडा सदस्य०ले निर्माणमा अवरोध सृजना गरेका छन । यता उक्त वडाका वडा अध्यक्ष माधव केसीले पुर्नवासको जमिनको लालपुर्जा नभएको र सो स्थानमा बसोवासका लागि अति विपन्न माझि,मुसहर लगाएतका समुदायलाई घर निर्माण गरि बस्न दिएको भए पनि केहि खालि सार्वजनिक जमिनमा स्वास्थ्य कार्यलय निर्माण गर्ने भनि पहिले सम्झौता भएर बोर्ड राखेको भए पनि अहिले आफ्नो जमिनमा स्वास्थ्य कार्यलय निर्माण हुन नदिने भन्दै वडा सदस्य टेकबहादुर माझिले अवरोध सृजना गरेको बताए । ‘हामिले ५–६ महिना पहिले नै शहरी स्वास्थ्य केन्द्र बनाउने हो भनि कुरा गरेका थियौ, वडा सदस्य कै अगाढि स्वास्थ्य केन्द्र निर्माण स्थल अंकित बोर्ड पनि राखेका थियौँ तर अहिले सदस्य ज्यूले आफुले भोगचलन गरेको जमिन नदिने भन्दै अवरोध गर्नुभएको छ’ वडा अध्यक्ष माधव केसीले भने । यता वडाका वडा सदस्य टेकबहादुर माझिले आफुले वर्षो देखी भोगचलन गर्दे आएको जमिनमा स्वास्थ्य कार्यलय निर्माण हुनै नदिने बताए । पहिले आफुलाई भवन नै बन्छ भन्ने नलागेको तर अहिले बुझ्दै जाँदा सो जमिनमा भवन नै बनाइ आफुले भोगचलन गर्दे आएको जमिनमा आफ्नो अधिकार नहुने भन्दै आफुले शहरी स्वास्थ्य कार्यलय निर्माण हुन नदिने बताए । पुर्जा समेत नभएको जमिनमा वडाका जनप्रतिनिधि जस्तो व्यक्तिले स्वास्थ्य कार्यलय निर्माण विषयमा अवरोध सृजना गर्नु जायज नभएको स्थानिय बताउछन । स्थानिय एक स्थानियका अनुसार शहरी स्वास्थ्य कार्यलय निर्माण गर्छन भनेर अहिले वडा सदस्य समेत रहेका टेकबहादुर माझिले पिल्लर उठाएर उक्त शहरी स्वास्थ्य केन्द्र निर्माण हुने स्थलमा घर निर्माण गर्न लागेको बताए । उनि भन्छन ‘वडाले पहिलै स्वास्थ्य कार्यलय निर्माण हुने स्थल भनि अंकित बोर्ड राख्दा राख्दै पनि अहिले अवरोध गर्न कसरी सुहाउछ रु जनप्रतिनिधिले त बरु सहयोग गर्नुपर्ने तर उनि त सार्वजनिक जमिनमा पनि स्वास्थ्य कार्यलय निर्माणको अवरोधमा लागेका छन’ । सरकारको अवधारणलाई लिएर नगरपालिकाका प्रत्येक वडामा शहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जमिन छानोट गरिएको छ । तर वडा नम्बर २मा भने जमिनको विषयमा विरोध सृजना भएको छ ।








