काठमाडौं । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ५ जना पक्राउ परेका छन। काठमाण्डौ चाबहिल एरियामा प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा निजहरुलाइ आइतबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काभ्रे रोशि गाउँपालिका ( ३ का बर्ष २६ का युवक लामा ,नुवाकोट पन्चकन्या ४ का बर्ष २१ का रुपेश अधिकारि ,संखुवासभा सिलिचुङ २ का बर्ष २२ का अरुण राइ , सिन्धुपाल्चोक मेलम्चि २ का बर्ष २० का सुभाष गिरि र रसुवा गोसाईकुण्ड ६ का बर्ष २० का दवा घले रहेको प्रहरीले जनाको छ।
महानगरीय अपराध महाशाखाबाट खटीएको गएको बिशेष टोलीले उनीहरुको साथबाट अन्दाजि ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छाला बरामद गरि आवश्यक कारबाहीको लागी सोमबार जिल्ला बन कार्यालय काठमाण्डौमा बुझाएको छ।








