पोखरा । शनिबार बिहान गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकीमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेका छन् ।








