चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जनताले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने बताउनुभयो ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले संबिधान प्रदत अधिकार निर्बिबाद रुपमा प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो । उहाँले सुकुम्बासी र गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाई रहेको समेत जानकारी दिनुभयो । अहिले सम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको भन्दै उहाँले गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताउनुभयो । लामो समय देखि सुकुम्बासी समस्या रहेको भन्दै उहाँले भूमिहिन जनतालाई छिटो व्यवस्थापन हुने बताउनुभयो ।
उहाँले गरिबी निवारणका लागि औपचारीक कार्यक्रम बाहेक केही नभएको भन्दै अहिले योजना वनाउने काम भईरहेको बताउनुभयो ।
मन्त्रालयका कर्मचारीहरु गरिविनिवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना वनाउने काममा व्यस्त रहेको उहाँको भनाई थियो । उहाँले अघिल्लो आयोगले गरेका राम्रा कामहरुको स्वामित्व लिदैं जनताको पक्षमा कामगर्ने उहाँको भनाई थियो ।








