चितवन । भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले विभिन्न संचार माध्यमहरुमा आएको समाचार र सामाजिक सञ्जालमा आएको फोटो रभिडियो प्रति अस्पतालको ध्यानकर्षण भएको जनाएको छ । अस्पताल प्रशासनले आज प्रेस विज्ञप्ती जारी गर्दै वाथरुममा समस्या आई १० वेड भएका एउटा पाटेसनमा पानी छिरेको र संक्रमित विरामी भएकाले तत्काल मर्मत सम्भव नभएको जनाएको छ । भरतपुर अस्पतालसंग समन्वय गरेर आज संक्रमित विरामीहरुलाई भरतपुर अस्पताल स्थानान्तरण गरि मर्मत कार्य सुरु गरिने जनाएको छ । साथै अस्पतालले विरामीहरुको असन्तुष्टि र खाना वहिस्कार भन्ने समाचारको खण्डन गरेका छन् । सरकारी अस्पतालको दैनिक विरामी खाना प्रयोग गर्दै आएको र थप खाजारनास्ता भने कोरोना अस्पतालले नै गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना महामारीको समयमा अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पतालको व्यवस्थापनसंग परामर्श नगरि एकतर्फी आएको समाचारले दुखित तुल्याएको अस्पतालले जनाएको छ । साथै अस्पतालले कोभिड १९ संग लड्नका लागि सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेका छन् ।









