चितवन । जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ५८२ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ३ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् ।
जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ८६० पुगेको छ । चितवनमा सकृय संक्रमितको संख्या २९६ पुगेको छ । जस मध्ये २७८ जना होम आइसोलेसनमा छन् भने १८ जना अस्पतालमा छन् ।
चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।








