नवलपुर । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।









