बर्दघाट । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाट नगरपालिका वडा नम्बर–४ स्थित शिवकलोनी पुलबाट स्कार्पियो दुर्घटना हुदा एकजाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा रहेको नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केशीले बताए । स्कार्पियो गाँउपालिका अध्यक्ष शर्माले आफै चलाएको रस्कार्पियो बर्दघाट नगरपालिका ४ स्थित शिवकलोनी पुलबाट तल खसेको थियो। घाइते शर्माको घटनास्थलबाट नजिकै रहेको चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हरिला रज्जाके थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। स्कार्पियो गाउँपालिकाको कार्यालयबाट बुटवलतर्फ जानेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।








