हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट प्रहरीले ४५ बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजाखेति नष्ट गरेको छ । गाँजा पडानी गर्ने अभियान अन्तर्गत प्रहरीले मिति २०७८–०७१४ गतेदेखि २०७८–०७–१६ सम्म तीन दिन लगाएर प्रहरीले उक्त परिणामको गाँजाखेति नष्ट गरेको हो ।
प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले कैलाश गाउँपालिकाको वडा नं. ४, ७, ९, १० मा लगाइएको अबैध लागूऔषध गाँजाखेती फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसपटक प्रहरीले गाँजा फडानी गर्ने क्रममा ड्रोनको प्रयोग गरेको छ । प्रहरीले विकट क्षेत्रमा गाँजाखेति गर्न ड्रोनको प्रयोग गरेको हो ।
गाँजा पडानीमा प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण व्यूरो काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा प्रहरी नियन्त्रण गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले खटिएको थियो ।








