• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पाला बनाउने पेसा संकटमा: बजार छ, माटो छैन

  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ । अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् ।

    छोरा रुकेश पनि फुर्सद पाउने बित्तिकै बाआमासँगै काम गर्न पुगिहाल्छन् । विगतको वर्षको तुलनामा यसवर्षको तिहारमा पालाको माग धेरै भएकोले केही व्यस्त भएको प्रजापती दम्पत्ती बताउँछन् । ‘यो वर्ष पालाको माग धेरै छ । तर, थोरै मात्र बनाएका छौँ’, सीतालक्ष्मी प्रजापतीले भनिन्, ‘दसैँँ अगाडि नै माग आउँछ । अनि पाला बनाउने काम सुरु गछौँ । तर, यो वर्ष कोरोनाभाइरसबाट थलिएकाले धेरै पाला बनाउन सकेका छैनौँ ।’ प्रजापति दम्पत्तीले पुर्ख्यौली पेसाको रूपमा माटाका भाँडा बनाउँदै आएका छन् ।

    तिहारमा पालासँगै अरु समय अन्य भाँडा पनि बनाउने उनीहरू बताउँछन् । प्लाष्टिकको भाँडाको कारण अन्य माटाका भाँडाको प्रयोगमा कमी हुँदै गए पनि पालामा कुनै समस्या नभएको उनीहरू बताउँछन् । ‘तिहारमा पाला पहिलेदेखि आजसम्म पनि अनिवार्य जस्तै हो । सबैले लक्ष्मी पूजाको लागि झ्याल, दैलो, ढोकामा पालामा तेल हालेर बत्ती बाल्ने गर्दछन्,’ उनले भनिन्, ‘अरु समय सामानको खासै अर्डर नआए पनि तिहारमा पालाको अर्डर आउने गर्दछ ।’

    पछिल्लो वर्ष कोरोनाभाइरसका कारण माग धेरै नआएको, तर यसवर्ष सामान्य अवस्था रहेकाले पालाको माग धेरै आएको रत्नसुन्दर प्रजापतीले बताए । उनले विगतको वर्ष धेरै बनाउन सकेमा पनि बिक्री गर्न समस्या हुने भए पनि यसवर्ष मागअनुसार पाला बनाउन नसकेको बताए । बजारमा विद्युतीय बत्ती बाल्ने प्रचलन बढे पनि त्यसले पालामा कुनै असर नपरेको प्रजापतीले बताए । उनका अनुसार तिहारमा पाला बेचेरै मनग्य आम्दानी गर्न सकिन्छ ।

    तर, स्थानीय सरकारले पाला वा माटाको भाँडाको उचित मूल्य निर्धारण नगरेकोले श्रमको मूल्य उठाउन समस्या रहेको उनले बताए । ‘हामीलार्ई १०० पालाको १३० रुपैयाँ आउँछ । तर, त्यो बजारमा पुग्दा दुईदेखि साढे दुई सयमा बिक्री हुन्छ,’ उनले थपे, ‘बजारमा गएर बेच्ने समय पनि हुन्न । त्यसैले मारमा हामी पर्छौँ ।’ पछिल्लो समय पालालगायत माटोको भाँडा बनाउन माटोको अभाव भएकाले पेसा नै संकटमा परेको उनले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.