महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गंगटे पुलनजिक सुमोले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेका छन् ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको स १० प ३९९३ नम्बरको मोटरसाइकललाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।








